Section 94
कार्यालयको काम, कर्तव्य र अधिकार
(१) कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ ः–
(क) यस ऐन बमोजिम निर्धारण गरिएको न्यूनतम पारिश्रमिक, भत्ता वा
सामूहिक सम्झौता बमोजिम पाउनुपर्ने सुविधा तथा प्रचलित नेपाल
कानूनले श्रमिक तथा रोजगारदातालाई प्रदान गरेको अधिकार
कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने,
(ख) यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको प्रभावकारी कार्यान्वयन
भए नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गरी कार्यान्वयन गर्न
सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने,
(ग) यो ऐन तथा श्रम सम्बन्धी प्रचलित अन्य कानून बमोजिम बनेको
मापदण्ड तथा आचारसंहिता सम्बन्धी तालिम दिने तथा सो मापदण्ड
तथा आचारसंहिता कार्यान्वयन भए नभएको सम्बन्धमा नियमित रुपमा
अनुगमन गर्ने,
(घ) श्रमिक तथा रोजगारदातालाई आवश्यक तालिम प्रदान गर्नको लागि
प्राविधिक सहयोग मागेमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने,
(ङ) रोजगारदाताले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड वा
कर्मचारी विनियमावली वा अन्य आवश्यक सम्बद्ध कागजात उपलव्ध
गराउन निर्देशन दिने,
(च) रोजगारदाता र श्रमिकबीच भएको सामूहिक सम्झौता तथा मध्यस्थले
गरेको निर्णय कार्यान्वयन गर्ने,
(छ) बालबालिकालाई काममा लगाए नलगाएको सम्बन्धमा निरीक्षण गरी
काममा लगाएको देखिएमा तत्काल उद्धार गर्ने र त्यस्तो
रोजगारदातालाई कारबाही गर्ने,
(ज) प्रतिष्ठान तथा कार्यस्थलमा परिच्छेद–१२ बमोजिमको व्यवसायजन्य
सुरक्षा तथा स्वास्थ्य सम्बन्धी व्यवस्था रोजगारदाताले कार्यान्वयन गरे
नगरेको सम्बन्धमा निरीक्षण गर्ने,
(झ) कार्यस्थलमा जडित यन्त्र, औजार, उपकरण वा वस्तु वा पदार्थको
अवलोकन वा निरीक्षण गर्ने र त्यस्तो यन्त्र, औजार, उपकरण, वस्तु वा
पदार्थ निर्धारितस्तरको भए नभएको जाँच गर्ने र परीक्षण गर्नु पर्ने भएमा
सोको नमूना सङ्कलन गर्ने,
(ञ) प्रतिष्ठान वा कार्यस्थलको आवधिक वा आकस्मिक रुपमा निरीक्षण गर्ने
वा गराउने,
(ट) प्रतिष्ठान वा कार्यस्थलमा रहेको विद्युतीय अभिलेख लगायत कुनै
रजिष्टर, लिखत, कागजात उपलब्ध गराउन सम्बन्धित प्रतिष्ठान वा
प्रतिष्ठानका पदाधिकारीलाई आदेश दिने र उपलब्ध नगराएमा त्यस्तो
प्रतिष्ठान वा कार्यस्थलमा प्रवेश गरी सक्कल रजिष्टर, लिखत वा
कागजात वा सोको प्रतिलिपि भर्पाइ गरी आफ्नो नियन्त्रणमा लिने,
(ठ) रोजगारदाता, प्रतिष्ठानको व्यवस्थापकीय श्रेणीको श्रमिक वा अन्य
श्रमिकबाट आवश्यक विषयमा सूचना वा जानकारी लिने,
(ड) आवश्यक देखिएमा रोजगारदाता, प्रतिष्ठानको व्यवस्थापकीय श्रेणीको
श्रमिक वा अन्य श्रमिकलाई कार्यालयमा उपस्थित गराई बयान लिने,
(ढ) कार्यस्थल वा प्रतिष्ठानको निरीक्षण गर्दा वा अन्य कुनै स्रोतबाट
रोजगारदाता वा श्रमिक वा ट्रेड युनियनले यो ऐन तथा यस ऐन
अन्तर्गत बनेको नियम विपरीत कार्य गरेको जानकारी हुन आएमा त्यस्तो
कार्य तत्काल सच्याउन आवश्यक निर्देशन दिने,
(ण) कार्यालयमा प्राप्त निवेदन वा कागजात वा अन्य कुनै स्रोतबाट प्राप्त
सूचनाहरुको अभिलेख राख्ने, त्यसरी प्राप्त निवेदन तथा कागजात
दर्ताको निस्सा प्रदान गर्ने, कार्यालयबाट भएका निर्णय, आदेश तथा
मेलमिलापको अभिलेख राख्ने वा कुनै पनि कागजातको नक्कल
माग्नेलाई प्रमाणित गरी नक्कल उपलब्ध गराउने,
(त) यस ऐन तथा प्रचलित नेपाल कानून बमोजिम कार्यालयले गर्ने भनिएका
अन्य काम गर्ने, वा
(थ) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।
(२) कार्यालयले यो दफा बमोजिमको अधिकार प्रयोग गर्दा स्थानीय प्रशासन, प्रहरी वा
अन्य कुनै निकायको सहयोग लिन आवश्यक देखिएमा त्यस्तो सहयोग उपलब्ध गराउन स्थानीय
प्रशासन, प्रहरी वा सम्बन्धित निकायमा अनुरोध गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम सहयोग माग गरेमा त्यस्तो सहयोग कार्यालयलाई उपलब्ध
गराउनु स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायको कर्तव्य हुनेछ ।